पुटिन युद्ध अपराधी भएको बाइडेनको टिप्पणी, क्रेमलिनद्वारा अस्वीकार
काठमाडौँ – अमेरिकका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कडा टिप्पणी गर्दै ‘युद्ध अपराधी’ भनेका छन् । पुटिनमाथि बाइडेनले पहिलो पटक यस किसिमको टिप्पणी गरेका हुन् ।
रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडेनको उक्त भनाइलाई ‘अस्वीकार्य अनि अक्षम्य’ भनेको छ ।
बाइडेनको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कुटनीतिक तनाव थप्ने सम्भावना बढेर गएको देखिन्छ । बाइडेनले ह्वाइट हाउसमा एक जना पत्रकारलाई जवाफ दिने क्रममा त्यस्तो प्रतिक्रिया जनाएका थिए ।
बाइडेनको उक्त भनाइलाई ह्वाइट हाउसले उनको व्यक्तिगत अभिव्यक्ति भनेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:२७
प्रतिक्रिया दिनुहोस्