Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले युक्रेनलाई थप सैन्य सहायतामा ड्रोनलगायत घातक हतियार दिँदै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले घातक हतियारहरुसहित थप सैन्य सहायता उपलब्ध गराउने भएको छ ।

अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्न लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

सैन्य सहायताको निर्णयमा संलग्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दाबी गरेअनुसार स्विचब्लेड-३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने छ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने समाचारमा उल्लेख छ ।

बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

जेलेन्स्कीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए । यसका साथै अमेरिकाको युक्रेनमा सैन्य सहयोगको राशी बढेर एक अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३३
प्रतिक्रिया दिनुहोस्