Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोल्यान्डकी क्यारोलिनाले जितिन् विश्व सुन्दरीको ताज

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - पोल्यान्डकी क्यारोलिना बेलावस्काले यस वर्षको विश्व सुन्दरी बनेकी छन् ।

आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा क्यारोलिनाले विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्‍याइन् ।

कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरिरहेकी उनी पीएचडी गर्ने तयारीमा रहेकी छन् । उनी मोडल समेत हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्