‘अफगानिस्तान र सिरियामा भन्दा धेरै रसियन सैनिक युक्रेनमा मारिए’
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो सम्बोधनका क्रममा युक्रेनमा रूसी सैनिकलाई सिरिया, चेचन्या र अफगानिस्तानमा भएको युद्धमा भन्दा धेरै क्षति भएको दाबी गरेका छन् ।
रूसी भाषामा सम्बोधित गर्दै जेलेनस्कीले भने, ‘रूसी सैनिकलाई सिरियामा, चेचन्यामा भन्दा धेरै क्षति यहाँ भएको छ । सोभियतका सैनिकले पनि अफगानिस्तानमा यति धेरै क्षति भोग्नुपरेको थिएन ।’ उनले यो सन्देश रूसमा धेरै मानिसमाझ पुर्याउन पनि रुसी भषा प्रयोग गरेको अनुमान छ । रुसमा अहिले जारी युद्धबारेका धेरै जानकारीमाथि कडा नियन्त्रण राखिएको छ । यस्तोमा यो युद्ध कहिलेसम्म निष्कर्षमा पुग्ला भन्ने पनि अहिलेसम्म टुंगो लागेको छैन ।
अमेरिकी जासुसहरूको अनुमानअनुसार युक्रेनमा रुसको हमलाका क्रममा ७ हजारभन्दा धेरै रूसी सैनिक मारिएका छन् । अन्य तथ्यांक अनुसार करिब १५ हजार सोभियत सैनिक अफगान युद्ध (१९७९-८९) मा मारिएका थिए । कमसेकम १३ हजार रूसी सैनिक चेचन्या युद्धमा मारिएका थिए । सिरियामा पनि यो संख्या सयौं थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:३२
प्रतिक्रिया दिनुहोस्