Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापान सरकार भन्छ - उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ

बिहीबार, मंसिर ८, २०७९
टोकियो – जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ । जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो ।उक्त मन्त्रालयलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन सेवा एनएचकेले जनाएअनुसार उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र हानेको हो । यस विषयमा विस्तृत जानकारी भने बाहिर आएको छैन । उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र हानेको हुनसक्ने अनुमान जापान सरकारले गरे लगत्तै दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि सो विषयमा जानकारी गराएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने सो ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाले हानेको तर असफल भएको जनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:००
प्रतिक्रिया दिनुहोस्