Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनका विस्थापितलाई १० लाख यूरो सहयोग

बिहीबार, मंसिर ८, २०७९
म्याड्रिड - स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् । उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्