पल शाहविरुद्ध नवलपुर अदालतमा पनि मुद्दा दर्ता, कैद सजाय माग
काठमाडौं – अभिनेता पल शाहविरुद्ध नवलपुर अदालत (बर्दघाट सुस्ता पूर्व)मा बलात्कार मुद्दा दर्ता भएको छ । बिहिबार १६ वर्षीया किशोरीले अभिनेता शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गराएकी हुन् ।
गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २२:११
प्रतिक्रिया दिनुहोस्