Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुटिनलाई युद्ध अपराधी भनेका बाइडेनले युक्रेनलाई १०० वटा 'किलर ड्रोन' दिने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा अमेरिकाले युक्रेनलाई 'किलर ड्रोन' दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध अपराधी” भनेपछि यस्तो समाचार आएको बीबीसी नेपालीमा जनाइएको छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एपीले अमेरिकाले युक्रेनलाई १०० वटा 'किलर ड्रोन' पठाउने भएको समाचार प्रकाशित गरेको छ । अमेरिकी सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत किलर ड्रोन पनि दिने बताइएको छ । नाम उल्लेख गर्न नचाहने ती सैन्य अधिकारीका अनुसार उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो। यसलाई झोलामा बोक्न सकिने बताइएको छ । बुधबार बाइडेनले पुटिनलाई युद्ध अपराधी भनेका थिए । बाइडेनले शुरुमा “होइन” भने जब पुटिन युद्ध अपराधी हो कि भनेर सोधेको प्रश्नमा प्रतिप्रश्न गर्दा हो भनेका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०२
प्रतिक्रिया दिनुहोस्