यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १२१ रुपैयाँ ५८ पैसा रहेको छ ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा तोकिएको थियो ।स्तै कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर ४०० रुपैयाँ १४ पैसा रहेको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर ३२२ रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर १६० रुपैयाँ १० पैसा छ।
युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर १३४ रुपैयाँ १८ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९८ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४० पैसा छ।
तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर