युक्रेनमा जारी संकटलाई लिएर बाइडेन र शीबीच वार्ता हुँदै
काठमाडौँ — युक्रेनमा जारी संकटलाई लिएर शुक्रबार अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिंगबीच फोन वार्ता हुने भएको छ ।
समाचार संस्था एएफपीका अनुसार बाइडेनले चिनियाँ समकक्षीसँगको वार्तामा अहिलेसम्म लगाएको प्रतिबन्धमा चीनले रुसलाई बचाउँदै आएको सन्दर्भमा कुराकानी गर्ने जनाइएको छ । चीनले रुसको बचाउका लागि सहयोगी भूमिका खेलिरहेको मूल्य चुकाउनु पर्ने बाइडेनले चेतावनी दिन सक्ने छन् ।
गत नोभेम्बरमा भएको एक भिडियो कन्फेरेन्सपछि बाइडेन र सी बीच पहिलोपल्ट संवाद हुन लागेको हो । युक्रेनमाथि रुसले गरेको आक्रमणलाई लिएर अमेरिकाले चर्को विरोध गर्दै आएको छ । तर, यस विषयमा चीनले भने रुसको साथ दिँदै आएको अमेरिकाको आरोप छ।
बाइडेन र शीबीचको संवादलाई पछिल्लो समय देखिएको मतभेद सुल्झाउने अवसरको रुपमा हेरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१५
प्रतिक्रिया दिनुहोस्