Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बलात्कार गरेको अभियोगमा पक्राउ परेका शाहलाई जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । बलात्कार गरेको अभियोगमा पल गत फागुन १५ गते पक्राउ परेका थिए । उनलाई यसअघि नै दुई पटक म्याद थप गरिसकिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले मुद्दाको अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । प्रहरीले पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यता नवलपुर जिल्ला अदालतमा भने पलविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१०
प्रतिक्रिया दिनुहोस्