Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिबन्ध फुकुवाको लागि रुसले गरेको अपिल अस्वीकार

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - रुसले फिफा र यूईएफएको प्रतिबन्ध फुकुवाको लागि गरेको अपिल अस्वीकार भएको छ ।

रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेको थियो । तर रुसको सो अपिललाई कासले अस्वीकार गरेको हो ।

युक्रेनमा आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धपछि रुसले कासमा प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको हो ।

फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धसँगै रुसले पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैन ।

यस्तै रुसी क्लब मस्को युरोपा लिग खेल्नबाट बञ्चित भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५५
प्रतिक्रिया दिनुहोस्