Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिमा मुलुकले पूरा नगरेका युक्रेनको माग

बिहीबार, मंसिर ८, २०७९

किभ - रुसले फेब्रअरी २४ यता निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ । युक्रेनले रुसले गरेको आक्रमणको निन्दा गर्दै आएको छ । उसले पश्चिमा मुलुकसँग सहयोग पनि माग्दै आएको छ । अमेरिकालगायत पश्चिमा मुलुकले रुसलाई दबाब दिन भन्दै विभिन्न किसिमका प्रतिबन्ध पनि लगाएका छन् ।

यद्यपि युक्रेनले भने पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध युद्ध रोक्न पर्याप्त नरहेको बताउँदै आएको छ । युक्रेनले रुसविरुद्ध पश्चिमा मुलुकले थप कदम चाल्नुपर्ने बताउँदै आएको छ । यद्यपि पश्चिमा मुलुकले युक्रेनको सबै माग भने पूरा गरेका छैनन् । यहाँ पश्चिमा मुलुकले पूरा नगरेका युक्रेनको माग उल्लेख गरिएको छ-

१. नो फ्लाई जोन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निरन्तर युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न माग गर्दै आएका छन् । नो फ्लाई जोन त्यस्तो क्षेत्र हो, जहाँ विशेष किसिमका विमानलाई प्रतिबन्ध लगाइन्छ । युक्रेनमा नो फ्लाई जोन घोषणा गर्दा पश्चिमा मुलुकले रुसबाट आएका लडाकु विमानलाई खसाल्नुपर्ने हुन्छ । यसले अमेरिकी सैन्य गठबन्धन नेटोसँग रुसको युद्ध सुरु हुने जोखिम बढी हुन्छ र अमेरिका रुससँग प्रत्यक्ष द्वन्द्व चाहँदैन ।

२. एस-३०० मिसाइल सुरक्षा प्रणाली युक्रेनले पश्चिमा मुलुकसँग एस-३०० मिसाइल सुरक्षा प्रणाली माग गरेको छ । यसले जमिनबाट धेरै उचाइ र टाढाको मिसाइललाई खसाल्न सक्छ। स्लोभाकिया सुरुमा यो मिसाइल प्रणाली युक्रेनलाई दिन सहमत भएको थियो । तर, अमेरिका र नेटोले अझै पनि युक्रेनलाई यो मिसाइल प्रदान गर्न मानिरहेका छैनन् ।

३. मिग फाइटर विमान मार्चको सुरुमा अमेरिकाले पोल्याण्डले गरेको मिग-२९ फाइटर विमान युक्रेनलाई दिने प्रस्ताव अस्वीकार गरेको थियो । अमेरिकी रक्षा मन्त्रालयले यस्ता विमान युक्रेनलाई दिनु उचित नहुने र यो निकै जोखिमपूर्ण हुन सक्ने बताउँदै आएको छ । एजेन्सी

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार