Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि बिलम्ब नगरी वार्ता गर्न जेलेन्स्कीको आह्वान

बिहीबार, मंसिर ८, २०७९

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् ।

रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् ।

वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो ।

यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ । ’

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्