प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलो सब-स्टेसन उद्घाटन
रामेछाप / प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो खिम्ती पावर सब-स्टेसन उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सब-स्टेसनको उद्घाटन गरेका हुन् ।
खिम्ती सब-स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोस्रो ठूलो सब-स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सब-स्टेसन निर्माणको काम पूरा भएको हो ।
सो सब-स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०-१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्