जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार दिन प्रस्ताव
किभ / केही वर्तमान र पूर्व युरोपेली नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सन् २०२२ को नोबेल शान्ति पुरस्कारमा मनोनित गर्न प्रस्ताव गरेका छन् ।
नेताहरुले नर्वेजियन नोबेल कमिटिलाई पत्र लेख्दै जेलेन्स्कीलाई नोबेल पुरस्कारको लागि मनोनित गर्न आग्रह गरेका हुन् । उनीहरुले त्यसका लागि नोबेल पुस्कारको लागि आवेदन दिने मिति ३१ मार्चसम्म लम्ब्याउन पनि आग्रह गरेका छन् ।
११ मार्चमा पठाइएको उक्त विज्ञप्तिमा यस वर्षको नोबेल पुरस्कारको प्रक्रियामा पुनर्विचार गर्न पनि आग्रह गरिएको छ । यस वर्षको नोबेल पुरस्कारको घोषणा अक्टोबर ३-१० मा हुनेछ । यस वर्षको नोबेल पुरस्कारको लागि २५१ मानिसहरु र ९२ संस्थाको आवेदन परेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:०३
प्रतिक्रिया दिनुहोस्