एक घर‚ एक धारा’ प्रदेश सरकारको नीति: मन्त्री थापा
तनहुँ: गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले ॅएक घर‚ एक धारा’ प्रदेश सरकारको अभियान रहेको बताएका छन् ।
साविक जामुने–८ हाल म्याग्देगाउँपालिका–२ लिफ्ट झ्यालगैह्रा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज उद्घाटन गर्दै मन्त्री थापाले नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन प्रदेश सरकारले नीति नै बनाएर अघि बढेकोे बताए ।
“भोलिका दिनमा हामी रहुँलानरहुँला तर हामीले बनाएका नीतिअनुरूप निरन्तर काम गर्ने व्यवस्था मिलाइएको छ”‚ उनले भने । मन्त्री थापाले पानी लिफ्टिङका लागि विद्युतीकरणका लागि आवश्यक पहलकदमी भइरहेकाले निराश नहुन आश्वसन दिए ।
कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वडास्तरीय सबै राजनीतिक दल‚ उपभोक्तावासीको सक्रिय भूमिका रहेका कारण आयोजना सम्पन्न गर्न सहयोग मिलेको बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शम्भु अधिकारीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकास निर्माणका कार्यले गति लिएको उनले बताए ।
सङ्घीय सरकारको रु एक करोड ४६ लाख ४९ हजार ५४९‚ प्रदेश सरकारको रु ४० लाख ८७ हजार ५६‚ सोलार क्षेत्र तारबारको लागि रु तीन लाख ४२ हजार १६८ र स्थानीय श्रमदान रु ६० लाख २५ हजार ६०६ गरी कूल रु दुई करोड ५१ लख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०३
प्रतिक्रिया दिनुहोस्