यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ०३ पैसा र बिक्री दर १५९ रुपैयाँ ८२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर ३२२ रुपैयाँ ४९ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ।