Nic Ad Nic Ad
Nic Ad Nic Ad

बायर्नलाई ७ अंकको अग्रता, युनियन बर्लिनमाथि सहज जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई ४-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

किन्ग्सले कोम्यान र तान्ग्युए निआनजोउले एक एक गोल थपे । खेलको १६ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा तान्ग्युएले गोल गर्दा टोलीको अग्रता २-० को बन्यो । पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गरेपछि बायर्नको अग्रता ३-० को बन्यो ।

त्यसपछि खेलको ४७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

यस जितसँगै २७ खेलमा ६३ अंक जोडेको बायर्नले शीर्ष स्थानमा ७ अंकको समेत अग्रता बनाएको छ । बर्लीन ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५४
प्रतिक्रिया दिनुहोस्