Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्ट्रेलियाद्वारा रुसमा एल्युमिनियम तथा एल्युमिना आयास्क निर्यातमा रोक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – युक्रेनमाथि आक्रमण गरिरहेको रुसविरुद्ध विभिन्न देशहरुले प्रतिबन्ध तथा आयात निर्यात कटौती गर्ने क्रम बढ्दै गएको छ । रुस क्रममा अस्ट्रेलियाले रुसमा एल्युमिनियम तथा एल्युमिना आयास्कको निर्यातमा रोक लगाएको छ । अस्ट्रेलियाले रुसमा एल्युमिना आयास्कको आवश्यक मागमध्ये २० प्रतिशत निर्यात गर्दै आएको जनाएको छ । यो कदमले रुसको एल्युमिनियम उत्पादन क्षमतालाई सीमित गर्ने अस्ट्रेलियाले जनाएको छ । रुसले ठूलो परिमाणमा एल्युमिनियम निर्यात गर्दै आएको छ । अस्ट्रेलियाले हालसम्म रुसका ४४३ जनाविरुद्ध ४७६ प्रतिबन्ध लगाएको छ । जसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध भएकासहित ३३ कम्पनी पनि रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्