रुसी प्रचार प्रसार गर्ने १५ सय मिडियाको सेवा युक्रेनमा अवरुद्ध
काठमाडौँ – रुसी प्रचार प्रसार गर्ने करिब १५ सय सञ्चारमाध्यमलाई युक्रेनमा बन्द गरिएको छ ।
इन्टर फ्याक्स समाचार एजेन्सीका अनुसार रुसी आक्रमण शुरु भएदेखि युक्रेनमा रुसबारे प्रचार गर्ने सञ्चारमाध्यमलाई रोक लगाइएको हो ।
युक्रेनको सुरक्षा अधिकारीहरुले १५ सय रुसी सञ्चारमाध्यमलाई बन्द गर्न सफल भएको बताएका छन् । अवरुद्ध सञ्चारमाध्यमका दर्शकको संख्या करिब डेढ करोड रहेका थिए । यसका साथै युद्ध अपराध तथा युक्रेनी नागरिकको मृत्यु सही भएको जनाउने ३ हजार १७८ समाचार सामाग्रीलाई हटाइएको छ ।
युक्रेनको साइबर प्रहरी, स्टप रसिया च्यानल तथा स्टप ड्रग्स बोटले टेलिग्राम च्यानलमार्फत युक्रेनी नागरिकले गरेको उजुरीका आधारमा ती सञ्चारमाध्यमको प्रकाशन–प्रशारण तथा समाचार सामग्री बन्द गराएको अधिकारीहरुले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:११
प्रतिक्रिया दिनुहोस्