एनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे‚ ३०९८ जना मात्र योग्य मतदाता
काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ ।
निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।
यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो ।
निर्वाचन यही मार्च २४ र २५ तारिख हुँदैछ ।
संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरूलाई मतदाता नामावलीका हटाइएको जनाएको छ ।
करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनए मार्फत शेल्फि लिन चुके पछि सूचीबाट नाम हटाइएको हो ।
संघको निर्वाचनमा अध्यक्ष‚ उपाध्यक्ष‚ महासचिव‚ सचिव‚ कोषाध्यक्ष लगायतका पदमा मतदान हुदैछ ।
अनलाइन मार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्म अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा।बद्री केसी र रविना थापाबीच निर्वाचन हुदैछ ।
यसैबीच कुल आचार्य तथा शेष घले समूहले छुट्टै अधिवेशन गर्दै छ । सो समूहको अधिवेशन मार्च २४ र १५ मा तय गरिएको छ । करिब २० वर्ष लामो इतिहास बोकेको एनआरएनए राजनीतिरुपमा दुईतिर विभाजित हुँदा संस्था नै फुटको अवस्था आएको हो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२५
प्रतिक्रिया दिनुहोस्