Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूतमा भारतीय मूलका शेफाली राजदान मनोनयन

बिहीबार, मंसिर ८, २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेदरल्याण्ड्सका लागि भारतीय मूलकी राजनीतिक कार्यकर्ता शेफाली राजदान दुग्गललाई राजदूतमा मनोनित गरेका छन् ।

अन्य धेरै प्रशासनिक र कूटनीतिक पदहरूसँगै, ह्वाइट हाउसले शुक्रबार यो घोषणा गर्‍यो। दुग्गलले जो बाइडेनका लागि महिला राष्ट्रिय सह–अध्यक्षको रूपमा र डेमोक्रेटिक नेशनल कमिटीमा उप राष्ट्रिय वित्त अध्यक्षको रूपमा काम गरिसकेकी छिन भनेर व्हाइट हाउसले रिपोर्ट गरेको छ।

ह्वाइट हाउसका अनुसार दुई सन्तानकी आमा दुग्गल अनुभवी राजनीतिक कार्यकर्ता, महिला अधिकारकर्मी र मानवअधिकार अभियन्ता हुन्।

उनी संयुक्त राज्य अमेरिकाको होलोकास्ट मेमोरियल म्यूजियम काउन्सिलमा पूर्व राष्ट्रपति पनि हुन्। शेफाली राजदानले पश्चिमाञ्चल क्षेत्रीय सल्लाहकारको रुपमा काम गरिरहेकी छिन् ।

– हिन्दुस्तान टाइम्स

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्