Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको दाबी : १५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त 

बिहीबार, मंसिर ८, २०७९
एजेन्सी - युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ । युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो । युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ । युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ । युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारीएको बताइउको छ। यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ । जसमा ४७६ ट्यांक २ सय भन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोन का साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्