सुपरस्टार पुनीत राजकुमारको जीवनी पाठ्यक्रममा समावेश गरिदै
काठमाडौं - कर्नाटकका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अब कन्नड सुपरस्टार पुनीत राजकुमारको जीवनीलाई पढ्न पाउने भएका छन् । कर्नाटक सरकारले स्थानीय विद्यालयको पाठ्यक्रममा पुनीतको जीवनीलाई पनि समेट्ने तयारी गरेको छ ।
कैयौं संगठन र व्यक्तिले बेंगलुरु महानगरपालिका (बीबीएमपी) शिक्षा विभागलाई पत्र लेखेर सरकारसँग चार या पाँच कक्षाका विद्यार्थीको पाठ्यपुस्तकमा पुनीतको जीवनबारे एक अध्याय राख्न माग गरेका थिए । जसमाथि शिक्षामन्त्री बीसी नागेशले सरकारले यो विषयमा विचार विमर्श गरिरहेको बताएका छन् ।
सरकारले बालबालिकालाई परोपकारी गतिविधिमा प्रोत्साहन गर्न पुनीतलाई प्रमुख पात्र बनाई पाठ्यक्रममा समावेश गर्न लागेको जनाएको छ । सन् २०१९ मा उत्तरी कर्नाटकमा बाढीको प्रकोप थियो । त्यो समय अभिनेता पुनीत बीएस येरियुरप्पाको सहयोगका लागि अगाडि आएका थिए ।
नले तत्कालीन समयमा कर्नाटकको मुख्यमन्त्री सहायता कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका थिए । यसबाहेक उनले २६ अनाथ आश्रम र १६ वृद्धाश्रमसँगै १९ गौशाला सञ्चालनमा पनि सहयोग गरेका थिए । पुनीत कैयौं कन्नडभाषी स्कुल चलाउनमा पनि सहयोग गर्थे ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २२:३८
प्रतिक्रिया दिनुहोस्