Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटनमन्त्री आले र सलमान खानाबीच भर्चुअल संवाद हुँने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउडका चर्चित अभिनेता सलमान खानबीच भर्चुअल संवाद हुने भएको छ । उनीहरुबीच भर्चुअल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल हुने बताइएको छ । मन्त्री आले र सलमानबीच भर्चुअल संवाद हुने बारे डिसी इन्टरटेनमेन्टले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । उनीहरुबीच आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुने विज्ञप्तिमा जनाइएको छ । सलमान नेपाल आउनुअघि मन्त्री आले र उनको संवाद हुने भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२४
प्रतिक्रिया दिनुहोस्