सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार
काठमाडौं- साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्यमा सोमबार सामान्य बढोत्तरी छ। अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले बढेको हो ।
सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार प्रतितोला ९९ हजार २ सयमा कारोबार भएको थियो। गत साताको सुरुमा प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य क्रमिक घटेको छ। गत शुक्रबार ९९ हजार ८ सय भएको थियो।
चाँदीको मूल्य सोमबार प्रतितोला १३ सय ७५ रुपैयाँमा स्थिर छ। गत साताको अन्तिम दिनको मूल्यमा १० रुपैयाँ घट्दा आइतबार उक्त मूल्यमा आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १९२८।३५ डलर छ भने चाँदी २५।०७ डलर छ। आइतबार सुन १९२१।४९ डलर र चाँदी २४।९६ डलरमा कारोबार भएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:२८
प्रतिक्रिया दिनुहोस्