चिनियाँ विदेशमन्त्रीले अल्जेरिया र तान्जानियाका विदेशमन्त्रीसँग गरे फोनवार्ता
हेफेइ- चिनियाँ विदेशमन्त्री वाङ यीले अल्जेरिया र तान्जानियाका विदेशमन्त्रीसँग फोनवार्ता गरेका छन् ।उनले आइतबार अल्जेरियन विदेशमन्त्री रामताने लामरा र तान्जानियाका विदेशमन्त्री लिबर्ता मुलामासँग फोनवार्ता गरेका हुन्।
चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको जानकारीअनुसार उनले ती दुई देशका विदेशमन्त्रीहरुसँग गरेको भेटवार्तामा चीन र ती दुई देशबीचको सम्बन्धका साथै आपसी हितका बारेमा कुराकानी गरेका थिए ।
साथै ती फोनवार्ताहरुमा उनले रुस र युक्रेनका बीचमा हालै सुरु भएको युद्धका बारेमा पनि कुराकानी गरेको बताइएको छ ।
चिनियाँ विदेशमन्त्री यीले अल्जेरिया र तान्जानियालाई आपसी हितको विकास गर्दै दुई देशका बीचमा आर्थिक लगानीका सम्भावनाहरुका बारेमा कुराकानी गरेको बताइएको छ ।
ती दुई देशका विदेशमन्त्रीसँग उनले आर्थिक लगानी, यसका सम्भावनाहरुका साथै दुवै देशकाबीचमा आपसी हितको प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:३१
प्रतिक्रिया दिनुहोस्