दिल्लीबाट दोहा उडेको कतार एयरवेजको विमान कराचीमा आपतकालीन अवतरण
काठमाडौँ – भारतको दिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको विमान पाकिस्तानको कराची विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
समचार एजेन्सी पीटीआईका अनुसार सोमबार कतार एयरवेजको उडिरहेको यात्रुवाहक विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको हो ।
विमानको कार्गो रहेको भागमा धुँवा निक्लिएको संकेत पाएपछि विमानलाई डाइर्भट गरिएको थियो ।
विमान कराचीमा सुरक्षित रुपमा अवतरण गरेको र सबै यात्रुलाई सकुशल बाहिर निकालिएको कतार एयरवेजले जनाएको छ । विमानमा एक सय बढी यात्रु सवार थिए ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र यात्रुहरुलाई दोहा लैजानका लागि अर्को उडानको व्यवस्थापन भइरहेको समचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
कम्पनीले यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।
#UPDATE | Flight QR579 from Delhi to Doha on 21 March diverted to Karachi having declared an emergency due to indication of smoke detected in the cargo hold. Aircraft landed safely in Karachi where it was met by emergency services & passengers disembarked: Qatar Airways
— ANI (@ANI) March 21, 2022
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१३
प्रतिक्रिया दिनुहोस्