Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने रुसले धम्की

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आत्मसमर्पण अस्वीकार गरेसगै रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने रुसले धम्की दिएको छ ।

पछिल्लो समय रुसले युक्रेनमाथि खतरनाक हतियार प्रयोग गर्न थालेको छ । उसले हाइपरसोनिक मिसाइलको दुई पटक प्रयोग गरिसकेको छ ।

परमाणु बम बोक्न सक्ने उक्त मिसाइलको प्रयोग सफल भएको रुसको दाबी छ । रुसले युक्रेनको सैन्य अखडाहरु, हतियार निर्माण गर्ने प्लान्ट, विमान निर्माणको प्लान्ट ध्वस्त पारिदिएको छ ।

रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि समेत आक्रमणको धम्की दिएको छ । नाटो सैनिक यूरोपमा फैलन थालेका छन् । खतरनाक हतियारहरु यूरोपका विभिन्न देशमा जडान गर्न थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्