पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेका २ जनाको मृत्यु
काठमाडौं - श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका २ जनाको ज्यान गएको छ । अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा बस्दाबस्दै ढलेका हो । केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँसम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेको देखिन्छन् ।
देशले स्वतन्त्र राष्ट्रको रूपमा इतिहासको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ । यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि बन्द गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१३
प्रतिक्रिया दिनुहोस्