Nic Ad Nic Ad
Nic Ad Nic Ad

डलरको भाउमा वृद्धि, यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज डलरको भाउ वृद्धि भएको छ । अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा रहेको छ।

सोमबार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको थियो ।

यस्तै युरो एकको खरिद दर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ६३ पैसा र बिक्री दर १६० रुपैयाँ ४१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ २४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२२ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ३२३ रुपैयाँ ८५ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ०३ पैसा छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ ९४०८ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा छ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्