Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप लिग टु : नेपालले आज पीएनजीसँग खेल्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ ।

नेपाल र पीएनजीबीच दुबई क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११ : १५ बजे खेल सुरु हुनेछ ।

नेपालले यस अघि पीएनजीविरुद्ध तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालले कमजोर ब्याटिङ प्रदर्शनले गर्दा नेपाललाई पीएनजीविरुद्ध खेल्न सहज हुने छैन ।

यूएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । अन्तिम खेलमा दुवै टोली जितका साथ सिरिज अन्त्य गर्न चाहन्छन् । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो ।

पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । तर तेस्रो खेलमा भने जित निकाल्न सफल भएको थियो ।

लगातार १४ खेलमा पराजय व्यहोरेको पीएनजी यूएईलाई हराएर २ अंक जोड्न सफल भएको थियो ।

लिग टुमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । लिग टुमा नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्र हो । यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल यूएईसँग ४८ र ९९ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५९
प्रतिक्रिया दिनुहोस्