Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा एलपी ग्यासको मूल्य एकैचोटी ५० रुपैयाँ बढ्यो, डिजेल र पेट्रोलमा ८० पैसा वृद्धि

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ – भारतका पेट्रोलियम पदार्थका साथै खाना पकाउने एलपी ग्यासको समेत भाउ बढेको छ ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएसँगै त्यसको प्रभाव भारतीय बचारमा समेत परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एलपी ग्यासमा एकैपटक भारु ५० मूल्य बढाइएको छ । यसअघि सन् २०२१ अक्टुबर ६ मा ग्यासको मूल्य वृद्धि भएको थियो । राजधानी दिल्लीमा ग्यासको मूल्य प्रतिसिलिन्डर भारु ९४९. ५ पुगेको छ । यसअघि ८९९ रुपैयाँ ५० पैसा थियो ।

यस्तै, कोलकातामा १४.२ किलोग्रामको प्रतिसिलिन्डरको मूल्य ९७६ रुपैयाँ पुगेको छ ।

यस्तै, चार महिनापछि डिजेल, पेट्रोलको मूल्य ८० पैसा बढाइएको छ । दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ २१ पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ ४७ पैसा पुगेको छ । यसअघि, भारतका प्रमुख दूध कम्पनीहरुले दूधको मूल्यमा प्रतिलिटर २ देखि ५ रुपैयाँसम्म बढाएका थिए ।

पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासिएसँगै सर्वसाधारण नागरिक महंगीको मारमा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्