Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेता पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता, कैद सजाय माग

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - नायक तथा मोडल पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता भएको छ । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका पलविरुद्ध सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता गरेको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले पललाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । फागुन ११ गते नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् । अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जनाइएको छ । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको बताइएको छ । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिने र त्यसपछि थुनछेक बहस हुनेछ । यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको थियो । नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०५
प्रतिक्रिया दिनुहोस्