बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न अर्थमन्त्री शर्माको आह्वान
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बिकासका लागि बार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले सो कुरा गरेका हुन् । उनले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरे ।
उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको भन्दै मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको बताए। त्यस्तै उनले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सवैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।
मुलुकको बिकासका लागि बार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी प्रयाप्त नरहेको उनको भनाई छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:५१
प्रतिक्रिया दिनुहोस्