यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – अमेरिकी डलरको खरिद दर आज स्थिर छ भने बिक्री दर सामान्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।
मंगलबार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा रहेको थियो ।
यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ५२ पैसा र बिक्री दर १६१ रुपैयाँ ३१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२२ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३२४ रुपैयाँ ११ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९८ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा छ।