विश्वकी नम्बर १ महिला टेनिस खेलाडी एश्लीले २५ वर्षमै लिइन् सन्यास
काठमाडौँ - २५ वर्षको उमेरमै अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेकी छन् ।
विश्व नम्बर एक अष्ट्रेलियाली टेनिस खेलाडी बार्टीले टेनिसबाट आफूले सन्यास लिएको घोषणा गरिकी हुन् ।
४४ वर्षपछि आफ्नो जमिनमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्यास लिने घोषणा गर्दै भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेकी छु । यसबारे घोषणा गर्नु मेरा लागि मुश्किल र भावनात्मक पल हो ।’
उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा भनेकी छन्, ‘खेलबाट मैले जे जति पाएँ त्यसका लागि म कृतज्ञ छु । यसले मेरो सपना पूरा गरेको छ । तर मैले अब आफ्नो र्याकेटलाई विश्राम दिएर आफ्नो अन्य सपनालाई पूरा गर्ने यो नै मेरो लागि सही समय हो ।’
एश्ली बार्टी पछिल्लो दुई वर्षदेखि विश्वको नम्बर एक खेलाडी बन्दै आएकी छन् । उनले सन् २०१९ मा फ्रेन्च ओपन, सन् २०२१ मा विम्बिल्डन र यस वर्ष अष्ट्रेलिया ओपना जितेकी थिइन् ।