Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल र उनका म्याजनेजर जोशीको बयान सकिएपछि थुनछेक बहस सुरू

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं – नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहको बयान सकिएको छ । पलका म्याजनेजर कृष्णप्रसाद जोशीको पनि बयान सकिएको हो । दुवैको बहस सकिएपछि थुनछेक बहस सुरू भएको छ । जोशीसँगको बयान आज सकिएकाले आजै नै बहस सुरु भएको बताइएको छ। जिल्ला अदालत तनहुँमा हरिशचन्द्र ढुंगानाको इजलासमा बहस चलिरहेको छ । जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, कानुन व्यवसायी शिवराज काफ्ले लगायत ६ जना कानुन व्यवसायीले बहस गरेका छन् । सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गरेपछि पलको बयान लिएको थियो । १२ देखि १४ बर्ष कैद सँजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्