Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायलको एक सपिङ मलमा भएको हमलामा ४ जनाको ज्यान गयो

बिहीबार, मंसिर ८, २०७९
एजेन्सी - दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो । प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए । प्र्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइुइन सहरको शिक्षक रहेको बताएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्