सलमान खान नेपाल आउँदै, कार्यक्रम हेर्ने शुल्क ५ देखि २५ हजारसम्म
काठमाडौं - बलिउड अभिनेता सलमान खान नेपाल आउँने भएका छन् । 'दशंग टुर' मार्फत उनी आगामी जेठ १४ गते नेपाल आउनलागेका हुन् । दशरथ रंगशालामा कार्यक्रमका लागि उनी नेपाल आउन लागेको त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।
उक्त कार्यक्रमका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको जनाइएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था पनि मिलाइएको छ । उक्त कार्यक्रमको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँच हजार रुपैयाँको काटेका छन् ।
उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ । सलमानको चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् । कार्यक्रममा अन्य बलिउड कलाकार पनि आउने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०३
प्रतिक्रिया दिनुहोस्