Nic Ad Nic Ad
Nic Ad Nic Ad

माली आक्रमणमा १६ सैनिकको मृत्यु, १८ जना घाइते

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएको मालीको सेनाले बुधबार बताएको छ ।

मालीको साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा मङ्गलबार अबेरसम्म भएका झडपमा देशको उत्तरपूर्व र मध्यक्षेत्रमा भएका आक्रमणमा यो हप्ता १६ सैनिकको मृत्यु भएको र १८ जनायो र १८ जना घाइते भएको उक्त आक्रमणमा इस्लामिक स्टेट समूहको सम्लग्नता रहेको पुष्टि गरिएको छ ।

आक्रमणमा ३७ विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो पैमानामा हतियारहरू जफत् गरिएको सेनाले बताएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीले छिमेकी बुर्किना फासो र नाइजरमा फैलिनुअघि सन् २०१२ मा देखा परेको जिहादी विद्रोहलाई रोक्न सङ्घर्ष गर्दै आएको छ ।

यस युद्धमा हजारौं सिपाही तथा नागरिकहरू मारिएका छन् र सयौं हजार मानिसहरू आफ्नो घर छोडेर भागेका छन् । सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्