मोरङको लेटाङमा लगाइएको कर्फ्यु आज बिहानदेखि हट्यो
मोरङ -मोरङको लेटाङमा आज (बिहीबार) बिहानदेखि कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निणर्य गरेको थियो ।
लेटाङ-५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको थियो । आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।
घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ-५ को सम्पूर्ण क्षेत्र र लेटाङ-६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युको आदेश जारी भएको थियो। कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ । कर्फ्यु हटे पनि यो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्