Nic Ad Nic Ad
Nic Ad Nic Ad

युद्धको विरोधमा विश्वव्यापी र्‍याली निकाल्न जेलेन्स्कीको अपिल

बिहीबार, मंसिर ८, २०७९

 कीभ - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वव्यापीरुपमा युद्धको विरोधमा र्‍याली निकाल्न अपिल गरेका छन् । भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार विश्वभर युद्धको विरोधमा प्रदर्शनको लागि अपिल गरेका हुन् ।

बिहीबार रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक महिना पूरा भएको छ । ‘रुसको यो युद्ध युक्रेनविरुद्धको मात्र होइन । यसको निकै ठूलो अर्थ छ’, जेलेन्स्कीले भने, ‘रुसले स्वतन्त्रताविरुद्धको युद्ध सुरु गरेको थियो । यो रुसको लागि केवल सुरुवात हो । रुस समग्र युरोप तथा समग्र विश्वको स्वतन्त्रतालाई पराजित गर्ने प्रयासमा छ ।’

जेलेन्स्कीले समग्र विश्व समुदायले अहिले रुसलाई रोक्नुपर्ने बताएका छन् । ‘एक महिना बितिसकेको छ । यो निकै लामो समय हो । यसले मेरो, युक्रेनका नागरिकको र विश्वका हरेक स्वतन्त्र मानिसको मुटु टुटेको छ’, उनले थपे । जेलेन्स्कीले पहिलो पटक अंग्रेजी भाषामा बोल्दै आफ्नो भिडियो सन्देश जारी गरेका हुन् । उनले निरन्तर युक्रेनी भाषामा बोल्दै भिडियो सन्देश जारी गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्