Nic Ad Nic Ad
Nic Ad Nic Ad

हडबडाएर छिटोछिटो खाना खानु स्वास्थ्यका लागि हानिकारक

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ—हडबड नगरी शान्तिपूर्वक खाने व्यक्ति मोटोपनको रोग र अन्य मेटाबोलिक सिन्ड्रोमको खतराबाट मुक्त रहन्छ । एथेन्स युनिभर्सिटीका अलेक्जेण्डर काक्किनोस नामक वैज्ञानिकद्वारा सम्पन्न खोजमा उक्त तथ्यको पुष्टि गरिएको छ । खोजको निष्कर्षअनुसार हडबड नगरी शान्तचित्तले भोजन गर्दा रगतमा दुई प्रकारका न्युरो पेप्टाइड हार्माेनहरु पेप्टाइड वाइ–वाइ र ग्लुकोगान लाईक पेप्टाइड–१ को स्तर बढ्दछ । यी दुवै न्युरोपेप्टाइडको प्रभावले दिमागमा तृप्तिको महसुस गराउने र पेट भरिए नभरिएको सूचना सजिलैसँग प्राप्त हुन्छ । मूलत: यी हार्माेनहरु आमाशयिक हार्माेन हुन् । सामान्य अवस्थामा भोजन गरेको तीन घण्टाको अन्तरालमा मात्रै यी हार्माेनको निष्कासन बढ्ने गर्दछ तर जब खानालाई आरामले चबाउँदै बिस्तारै बिस्तारै ग्रहण गरिन्छ‚ यी दुई हार्माेन खाँदाखाँदै स्रावित हुन थाल्दछन् । खाना खाँदाखाँदै निष्कासित यी हर्माेन द्रुत गतिमा रगतमा मिसिएर मष्तिकमा सूचना पुर्‍याउन सक्षम हुन्छन् र दिमागले तुरुन्तै प्रतिक्रिया दिई पेट अघाएको सूचना दिन्छ र खाना बन्द गर्न सूचित गर्दछ । त्यस्तै‚ यी हार्माेनको असरले भोकको नशा‚ तीव्र क्षुधा तथा बढी क्यालोरी खानुपनर्े बानीमाथी पनि नियन्त्रण राख्दछ । साभार : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२८
प्रतिक्रिया दिनुहोस्