Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरौटीमा छुटे पल शाहका म्यानेजर जोशी

बुधबार, मंसिर ७, २०७९
काठमाडौं – नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा छुटेका छन् । बिहिबार तनहुँ जिल्ला अदालत जोशीलाई एक लाख धरौटीमा रिहा गरेको हो । बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको माग गरी मुद्दा दायर गरिएको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३३
प्रतिक्रिया दिनुहोस्