यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा रहेको छ।
बिहीबार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा थियो ।
यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७१ पैसा र बिक्री दर १६१ रुपैयाँ ५० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ३२४ रुपैयाँ ९० पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९८ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा छ।