उत्तर कोरियाले गर्यो अहिलेसम्मकै शक्तिशाली मिसाइल परीक्षण, अमेरिकासम्म मार हान्न सक्ने
काठमाडौँ – उत्तर कोरियाले आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल –आईसीबीएम)को सफल परीक्षण गरेको जनाएको छ ।
उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित आईसीबीएमको परीक्षण गरेको छ ।
ह्वासोंग–१७ नामक आईसीबीएम यस अघि पहिलोपटक सन् २०२० मा एक सैन्य परेडका क्रममा प्रदर्शन गरिएको थियो । त्यसबेला ठूलो आकारको सो मिसाइललाई देखेर हतियारका जानकार व्यक्तिहरु समेत आश्चर्य चकित भएका थिए।
बिहीबार लामो दूरीको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी छ । यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्ने क्षमता राख्दछ । उत्तर कोरियामाथि मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि पनि मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियामाथि थुप्रै किसिमका प्रतिबन्धहरु लगाइएको छ ।
मिसाइल परीक्षणको समयमा जापान र दक्षिण कोरियाले निगरानी गरेका थिए । जापानी अधिकारीका अनुसार सो मिसाइल ६ हजार किलोमिटरसम्मको उचाईमा पुगेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:२८
प्रतिक्रिया दिनुहोस्