Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि असर पर्न सक्ने

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – भारत पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । भारतीय आयल मार्केटिङ कम्पनीहरुले शुक्रबार डिजेल–पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा वृद्धि गरेका हुन् । पछिल्लो एक सातामा यो तेस्रोपटक मूल्य वृद्धि भएको हो ।

यसअघि चार महिनापछि पहिलोपटक गत मंगलबार पेट्रोलियम पदार्थको मूल्य बढेको थियो।

पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँ ४० पैसा बढेको छ । भारतको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९७ रुपैयाँ ८१ पैसा र डिजेलको मूल्य ८९ रुपैयाँ ०७ पुगेको छ।

भारतको ठूला तेल कम्पनी आईओसी, बीपीसीएल र एचपीसीएलले कच्चा तेलको मूल्यमा भारी वृद्धि हुँदै गर्दा नोभेम्बर र मार्चको सुरुवातमा पेट्रोल र डिजेलको भाउ नबढाएको जनाएका छन् । जसबाट ती कम्पनीहरुलाई करिब २ अर्ब भन्दा बढीको क्षति पुगेको जनाइएको छ ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । आईओसीले पठाउने मूल्य सूची बढेर आएसँगै नेपाल आयल निगमले पनि निरन्तर भाउ बढाउँदै लगेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२८
प्रतिक्रिया दिनुहोस्