चुट्किला
रिमिक्स उखानटुक्का
– खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ ।
– १२ छोरा १३ नाति, बूढाको मन तरुनीमाथि ।
– मनको लड्डु बियरसँग खा ।
– जाडो भयो राती अनि बूढी ताती ।
– जस्तालाई तस्तै पाउरोटीलाई निस्तै ।
– जुन नेता आए पनि घूस खान नछाड्ने ।
– कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा ।
श्रीमती चाहिएन
भिखारी : हजुर केही खाने कुरा पाइन्छ ?
भित्रबाट : (श्रीमान्) श्रीमती घरमा छैन ।
भिखारी : हजुर मलाई श्रीमती त चाहिएन ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:५७
प्रतिक्रिया दिनुहोस्